वैखरी अनलाइन, लवनी
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिकाका उप प्रमुख होम प्रकाश चौधरी (कुर्मी)ले पालिकाको गाडी फिर्ता गरेका छन । उनले आज एक पत्रसहित पालिकाको सवारी साधन प्रयोग नगर्ने बताएका हुन । उनले पालिका प्रमुखलाई सम्बोधन गरी लेखेको पत्र यस्तो छ ।

गाडीको बिषयमा आफु अनुगमन संयोजक भएतापनि कर्मचारीले सो गाडी बढि प्रयोग गर्ने गरेकाले गाडी फिर्ता गर्न बाध्य भएको उनको भनाई छ । साथै उनले पालिकाबाट सवारी साधन तथा इन्धनको सेवा समेत नलिने बैखरी अनलाइनलाई बताए ।
उनले यो गाडी फिर्ता गर्नु पालिकाभित्र विवाद झन पछि झन बढदै गएको कारण भएको सरोकारवाला बताउछँन । केही दिन अघि मात्र गाउपालिका उप प्रमुख चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई पत्र लेख्दै आफुलाई के कति कारणले पालिकाले आयोजना गर्ने कार्यक्रममा नबोलाउने गरेको भन्दै प्रश्न गरेका थिए ।

फरक प्रसङगमा उनले प्रमुख प्रशासकीय अधिकृतले हिजो आइतबार राती ८ बजे एकाएक अनुगमनमा लगेको र योजना निमार्ण कार्य नभएपछि आफुले हस्ताक्षर नगरेपछि तपाइले हस्ताक्षर नगरेपनि केही हुन्न भन्दै अधिकृतले एकाएक ४१ लाख १० हजार २ सय ७८ को बिल पास गरेको उप प्रमुख चौधरीको भनाइ छ ।

उनले सो भुक्तानीका लागी आएको पत्रमा नोट अफ डिसेन्ट लेखेका छन ।

वडा नः २ भुसुडीदेखि भलैया जानेबाटो ठेक्का लागेपछि काम राम्रो नभएको बताउँदै उनले काम राम्रो गर्नुपर्ने माग गरेका थिए । पालिकाकी इन्जीनियर कुस्मादेवि कुर्मीको ससुराको ठेक्का रहेकाले पनि भुक्तानी गर्न पालिकालाई दवाव रहेको बुझीएको छ । यता पालिकाले अझैसम्म पनि बजेट ल्याउन सफल भएको छैन । जसका कारण पालिकाको योजना, कार्यन्वयन र जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीप्रति प्रश्न उठ्न थालेका छन ।








