गृहपृष्ठ Featured शितगंगामा एमालेका जनप्रतिनिधि मेयरलाई असफल बनाउन उद्दत, भुक्तानीमा समस्या

शितगंगामा एमालेका जनप्रतिनिधि मेयरलाई असफल बनाउन उद्दत, भुक्तानीमा समस्या

वैखरी अनलाईन, बाणगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको कार्यापालिका बैठक एमाले निकट कार्यापालिका सदस्यहरुका कारण प्रभावित भएको छ । नगर प्रमुखले विहिबारका लागी बोलाएको कार्यापालिकामा एमाले निकट कार्यापालिका सदस्यहरु नआउँदा बैठक गणपुरक संख्या नपुगेपछि बैठक बस्न नसकेको हो ।

भुन्टे डाँडा क्रेसर तथा खानी उद्योग संचालन, आर्थिक बर्ष २०७९/८० को अपुग बजेट रकम भुक्तानी सम्बन्धमा आवश्यक निर्णय गर्न नगर प्रमुख छविलाल पौडेलले बैठक बोलाएका थिए । उक्त बैठकमा नगर प्रमुखलाई असफल पार्न एमालेबाट निर्वाचित उपप्रमुख गिता भाट क्षेत्रीसहित १४ जना कार्यापालिका सदस्यहरुमध्ये २ जना मात्र उपस्थित भए ।

बैठकका लागी गणपुरक नपुगेपछि बैठक स्थगित भएको प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले वैखरीलाई जानकारी दिए ।

कार्यापालिकाका सदस्यहरु बैठकमा उपस्थित नहुँदा नगरपालिकासंग सम्बन्धित महत्वपुर्ण एजेण्डामाथि आवश्यक निर्णय गर्न नसकिएको बताउँदै नगरप्रमुख छविलाल पौडेलले बजेट व्यवस्थापन गर्न नसकिएको बताए ।

एमाले निकट कार्यापालिका सदस्यहरु आफुलाई असफल बनाउन लागेको उनले गुनासो गरे । यस सम्बन्धमा उपप्रमुख गिता भाट क्षेत्रीले आन्तरिक कारणले बैठकमा उपस्थित हुन नसकेको बताईन् । ‘म काठमाडौ आएको १० दिन जति भयो,’ उनले हास्दै भनिन्,‘म विरामी छु । त्यस्तो केही हैन् आन्तरिक कारणले साथीहरु आउन नसक्नुभएको हो ।’

उपप्रमुख भाट काठमाडौं भए पनि उनले कार्यापालिका सदस्यहरुलाई बैठकमा उपस्थित नहुन निर्देशन दिएको एमालेबाट निर्वाचित एक वडाध्यक्षले नाम नखुलाउने सर्तमा वैखरीलाई बताए ।

‘उपप्रमुख श्रीमानको ईसारामा चल्नुहुन्छ । हामी त वडाध्यक्ष मात्र हो, पछिको पनि सोच्न पर्यो । समस्या छ यो भन्दा अरु केही भनौ ।’ उनले भने ।

पप्रमुखका श्रीमान सामान्य प्रशासन मन्त्रालयका कार्यरत रहेकोले उनी प्रायः जसो काठमाडौं नै बस्दाँ एमाले निकट कार्यापालिका सदस्यसहितका जनप्रतिनिधिमा उनीप्रतिको आक्रोस बढ्दो रहेको बताईएको छ ।

यसै विषयमा शितगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का दामोदर न्यौपानेले गणपुरक संख्या नपुगेरै बैठक बस्न नसक्नु दुखत भएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् :

 

सम्बन्धित् समाचार