गृहपृष्ठ Featured लुम्बिनीमा धेरै पर्यटक भित्राउने तेस्रो पर्यटकीय स्थल बन्यो फूलबारी पार्क

लुम्बिनीमा धेरै पर्यटक भित्राउने तेस्रो पर्यटकीय स्थल बन्यो फूलबारी पार्क

रुपन्देही ।

लुम्बिनी प्रदेशमा धेरै पर्यटक भित्राउने तेस्रो पर्यटकीय क्षेत्र हो मणिमुकुन्द सेन उद्यान (फूलबारी पार्क) । पछिल्लो तथ्यांकअनुसार लुम्बिनी, शंकरनगर बनबिहार(वनबाटिका)पछि धेरै पर्यटक आउने क्षेत्र हो फूलबारी ।

उद्यानलाई व्यवस्थित रुपले संचालन गरेर नेपालमै नमुना सूचिमा रहेको यो उद्यानले अहिले देशभरका पार्क व्यवस्थापन समितिको सम्मेलन गरेर यसको नेतृत्व गरेबाट पनि आफ्नो पहिचान थपेको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएर रहेको यो पार्क ऐतिहासिक जितगढी किल्लासँग जोडिएर रहेकाले पनि यसको महत्व बढेको हो । बुटवलको तिनाउ पुल तर्नेबित्तिकै पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको छ मणिमुकुन्द सेन उद्यान । जितगढी किल्ला अंग्रेजलाई पराजित गरेको इतिहास र पाल्पाली राजा मणिमुकुन्दको नाममा बनाइएको यो उद्यानले इतिहासको संरक्षण गरेकाले पनि धेरै पर्यटकको रोजाइमा परेको हो ।

गत आर्थिक वर्ष आन्तरिक र बाह्य गरी कम्तीमा ४ लाख टिकट नै काटेर र टिकट नकाटी करिब साढे २ लाख पर्यटक यहाँ आएको उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवाल बताउँछन् । यीमध्ये १ लाखभन्दा बढी भारतीय पर्यटक नै यहाँ आउने गर्दछन् । यसबाट करिब ४ करोडको कारोबार उद्यानमा भएको छ ।

सम्बन्धित् समाचार