गृहपृष्ठ Featured आँखा पाक्ने रोगका संक्रमित बढेपछि प्रतापपुरका विद्यालय बन्द

आँखा पाक्ने रोगका संक्रमित बढेपछि प्रतापपुरका विद्यालय बन्द

सहबान अन्सारी, प्रतापपुर ।
आँखा पाक्ने रोगका संक्रमित बढ्दै गएपछि नवलपरासीको प्रतापपुर गाउँपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
विद्यार्थीहरुको स्वास्थ्यलाई मध्ये नजर गर्दै गाउँपालिका अन्तर्गतका सबै सामुदायिक,धार्मिक तथा निजी विध्यालयहरुमा साउन २१ गते देखी २४ गते सम्मको लागी विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।
स्वास्थ्य तथ्यांक अनुसार संक्रमण अधिकांश बालबालिकामा देखिन आएकोले रोग सर्ने श्रीखंलालाई रोक्न विध्यालय बन्द गर्ने साथै यो संक्रमणबाट बच्न सावधानी अपनाउन र आँखामा समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन अनुरोध समेत गरिएको छ ।

सम्बन्धित् समाचार