खेलको तेस्रो मिनेटमै सर्जियो अरिबासले गोल गर्दै घरेलु टोली अल्मेरियालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय रहने । १९औं मिनेटमा बेलिङहमले रियलका लागि बराबरि गोल फर्काए । बेलिङहमले नै ६०औं मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । रियलका लागि तेस्रो गोल भिनिसियस जुनियरले ७३औं मिनेटमा गरे ।
लगातार दोस्रो खेल जित्दै शतप्रतिशत नतिजा कायम राखेको रियल ६ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ ।
लसपलमसलाई १-० ले हराएर लगातार दौस्रो खेल जितेको भ्यालेन्सियाको पनि ६ अंक छ । तर गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ ।