वैखरी अनलाइन, कपिलवस्तु ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरी आज कपिलवस्तु आउनुहुने भएको छ । कपिलवस्तु सहित प्रदेशका विभिन्न सहरमा बढ्दै गएको छाडा पशुचौपायाको समस्याको विषयमा वृहत छलफल तथा अन्तरक्रिया गर्न कपिलवस्तुको बुद्धभुमिमा आउन लाग्नु भएको बताइएको छ ।
बुद्धभुमिको बुढ्ढीमा हुने बृह्त अन्तरक्रिया कार्यक्रममा छाडा पशुचौपाया सगँै अन्य स्थानियका समस्याको विषयमा अन्तरक्रिया हुने जनाइएको छ ।
गौशाला निर्माणका लागि गब्दाहवामा रहेको ढाई सय हेक्टर वन क्षेत्रमा तारबार गर्ने प्रस्ताव रहेको छ । वनको स्विकृति पछि १० पालिका र प्रदेशको बजेटले त्यहा गौशाला निर्माण गर्ने योजना छ ।
लुम्बिनी प्रदेशका सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाको बिगबिगी बढिरहेको छ । पछिल्लो समय चौपायाले ठुलो समस्या निम्त्याएको भन्दै कपिलवस्तु, बुटबल, बाँके, दाङ, नवलपरासीमा स्थानियले चर्को विरोध जनाउन थालेका छन । राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको जोमिख समेत बढेको छ । सडकमा छाडा चौपाया नियन्त्रणमा स्थानीय सरकार उदासीन भएको भन्दै धेरैले सामाजिक सञ्जालबाटै आक्रोश पोख्ने गरेका छन् ।








