गृहपृष्ठ Featured गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

गुल्मी ।

गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शनिबार साँझ साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। बेहोस अवस्थामा रहेका घर्तीलाई  थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो।

चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए। मृतकको शव गुल्मी अस्पतालमा पोष्टमार्टम हुँदैछ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।

सम्बन्धित् समाचार