गृहपृष्ठ Featured नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु

नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गैँडाकोट– ७ गैरी  बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन्।

पानीमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको प्रहरी र स्थानीयले खोजी गर्दा दुबैजनालाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित् समाचार