गृहपृष्ठ Featured बाणगंगामा छोराले चिर्पट दाउराले प्रहार गर्दा बुवाको मृत्यु

बाणगंगामा छोराले चिर्पट दाउराले प्रहार गर्दा बुवाको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ बोडगाउँमा छोरोले चिर्पट दाउरा प्रहार गर्दा बुवाको मृत्यु भएको छ ।

अन्दाजी २५ बर्षीय ‘लुरे’ भन्ने छोरा भुवन दर्जीको दाउरा प्रहारबाट अन्दाजी ६२ बर्षीय बुवा बल बहादुर दर्जीको मृत्यु भएको हो । बुवा- छोराबीच विगतमा पनि झगडा हुदैं आएको थियो ।

चिर्पट दाउराले हानेपछि गम्भिर घाईते भएका बुबा बल बहादुरलाई अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय पिपराले वैखरीलाई जानकारी दिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।

सम्बन्धित् समाचार