गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिकाद्धारा ४० जना जेष्ठ नागरिकलाई सम्मान

बुद्धभूमि नगरपालिकाद्धारा ४० जना जेष्ठ नागरिकलाई सम्मान

कपिलवस्तु ।

३३औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ४० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ‘सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकारबारे बिश्व व्यापी घोषणा गरिएको बाचा पुरा गरौं’ भन्ने नाराका साथ आयोजित एक कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । मेयर केशव कुमार श्रेष्ठले पालिका भित्रका १० वटै वडाका जेष्ठ नागरिकहरुलाई दोसल्ला, नगद र टीका लगाउँदै सम्मान गरेका हुन ।

मेयर श्रेष्ठले जेष्ठ नागरिक जीउँदो ईतिहास रहेकोले उनीहरुको सम्मान गर्नु सबैको दायित्व रहेको बताए । ‘ जेष्ठ नागरिकले पनि सम्मानपुर्वक बाच्न पाउनु पर्छ, उनीहरुलाई घर परिवार, समाज देशले नै सम्मान गर्नु पर्छ ’ उनले भने ।

आफनो पालिकाले हरेक बर्ष जेष्ठ नागरिकहरुलाई कार्यक्रम राखेर सम्मान गर्दै आएको बताए ।

नगरपालिकाले सम्मानित गरेकोमा जेष्ठ नागरिकहरु हर्षित बनेका थिए । कार्यक्रममा वडा नम्बर २ की ललिता पाखे्रल र वडा नम्बर ६ का अन्शुमनअली तेलीले आफुहरुलाई राज्यले स्वास्थ्य उपचार लगायतको सेवामा बिशेष ब्यवस्था गर्नु पर्ने बताए । उनीहरुले जेष्ठ नागरिकहरुलाई राज्यका तीनै तहका सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने बताए ।

सो अवसरमा प्रमुश प्रशासकीय अधिकृत धु्रब नेपालले पालिकाले जेष्ठ नागरिकलाई प्राथमितामा राखेको बताए । मेयर श्रेष्ठको अध्यक्षता, नविन खनालको संचालनमा भएको कार्यक्रममा उप मेयर मीरा थारु लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रत्येक वडाबाट वडा कार्यालयले ४ जनाको सिफारिस गरे अनुसार नामावली छनौट गरिएको नगरपालिकाकी महिला ताथ बालबालिका शाखाकी सिता घिमिरेले बताईन् ।

सम्बन्धित् समाचार