गृहपृष्ठ Featured रुपन्देहीमा करोडौको लगानीमा बनेको बधशाला संचालनमै चलखेल !

रुपन्देहीमा करोडौको लगानीमा बनेको बधशाला संचालनमै चलखेल !

रुपन्देही ।

बुटवलमा निर्माण पूरा भई संचालनको तयारीमा रहेको पशु बधशाला उपमहानगरको नेतृत्व र मासु व्यवसायी संघको स्वार्थ नमिल्दा पुनः विवादमा तानिएको छ ।

उपमहानगरले यसअघि ठेक्कामा दिएको कम्पनीलाई अन्तिम समयमा लाइसेन्स नभएको भन्दै रोकेर नयाँ कम्पनीलाई ठेक्काबाट सम्झौता गरेपछि यस अगाडि लगानी गरेका किसान र मासु व्यवसायी नै विरोधमा उत्रेपछि यो आयोजना पुनः विवादमा तानिएको हो ।

लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिकाको २५ करोड लगानी तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा बुटवल उपमहानगर वडा न–१० रामनगरमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बनेको आधुनिक बधशाला सञ्चालनमा नआउँदै विवादित मात्रै बनेको छैन व्यवसायीहरु कुनैपनि हालतमा अहिलेको अवस्थामा त्यहाँ नजाने घोषणा गरेपछि उपमहानगरलाई थप संकट परेको छ ।

मेयर खेलराज पाण्डेय, उपमेयर सावित्रा अर्यालसमेत सहभागी भएर बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि यहाँका व्यवसायी विरोधमा उत्रेका हुन् ।

किसान र मासु व्यवसायीले सञ्चालन प्रक्रिया उद्देश्य विपरीत उपमहानगरको नेतृत्वले गलत मनसायले सम्झौता रद्द गरी नयाँ कम्पनीलाई दिएको भन्द्र विरोधमा उत्रिएका हुन् । उनीहरुले लुम्बिनीका किसानले उत्पादन गरेका खसीबोका बध गर्ने र मासु व्यवसायीले त्यसलाई बिक्री गर्ने सहमति भएपनि बुटवल उपमहानगरपालिकाले उल्लंघन गरेको दावी गरेका छन् ।

बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई ठेक्काद्वारा रीतपूर्वक छनोट गरी सम्झौता गर्ने प्रतिबद्धता जनाएको बुटवल उपमहानगरपालिकाले अचानक बिना कुनै अग्रिम सूचना सुनुवाईको मौका नदिएर असम्बन्धित एवं त्रुटिपूर्ण कारण देखाई सानिसा ऐनको दफा २६ को बर्खिलाप हुने गरी उपमहानगरले तेस्रो कम्पनीलाई बधशाला दिएको भन्दै यहाँ व्यवसायीहरु नै नजाने भएपछि आयोजना संचालनको लागि समस्या भएको हो ।

सम्बन्धित् समाचार