गृहपृष्ठ Featured अस्ट्रेलिया भारतविरुद्द टस जितेर पहिले ब्याटिङ गर्दै

अस्ट्रेलिया भारतविरुद्द टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौँ ।

आईसीसी एकदिवसीय विश्वकपको आइतबारको खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । आइतबार अस्ट्रेलियाले घरेलु टोली भारतको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिने छ ।

भारत र अस्ट्रेलियाबीचको खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

यी दुबै एकदिवसीय विश्वकपका पूर्वविजेता राष्ट्र हुन् । अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक विश्वकप जितेको छ । भारतले भने दुई पटक विश्वकप जितेको छ ।

सम्बन्धित् समाचार