गृहपृष्ठ Featured गौतम बुद्ध विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता प्रकरणको तीनतिरबाट छानबिन

गौतम बुद्ध विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता प्रकरणको तीनतिरबाट छानबिन

बुटवल ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना बाहिर आएपछि विभिन्न निकायले छानबिन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस विषयमा मालपोत कार्यालय प्रमुख कुमार आचार्यलाई १० बुँदे स्पष्टीकरण सोधेको थियो । मालपोत कार्यालय प्रमुख आचार्यले हालै त्यसको जवाफ दिएका छन् ।

लगत्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट छानबिनको एक टोली रुपन्देही आएको छ । उक्त टोलीलाई ५ दिनको म्याद दिएर रुपन्देही पठाइएको हो । टोलीले रुपन्देहीका मालपोत कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा अन्य सरोवारवालाहरु भेटघाट गरेको गरेको छ । विभागले जग्गा विज्ञका रुपमा केदार दाहाल र कानुन अधिकृत गोकुल भुजेललाई खटाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख महाशाखाका निर्देशक विदुर प्रसाद खनालका अनुसार जग्गाको विषयमा हालको अवस्था के, कसरी नापी भयो आदि विषयमा रिपोर्ट तयार गर्न ५ दिनको म्याद दिइएको हो ।

घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले पनि छानबिन सुरु गरेको छ । सो कार्यालयका सूचना अधिकारी एवं उपसचिव भेषराज रिजालले अख्तियारमा उजुरी परेकोले सरोकारवालसँग कागजपत्र मगाउने र अध्ययन गर्ने काम भइरहेको बताए ।

सम्बन्धित् समाचार