गृहपृष्ठ Featured कृष्णनगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

कृष्णनगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

‘बहादुरगञ्ज वासीको सान, अबको पालो पूर्ण सरसफाई अभियान’ भन्ने नाराका साथ कृष्णनगर नगरपालिका वडा न. ८, ९ खुल्ला दिशा मुक्तक्षेत्र घोषणा गरिएको छ ।

साविकको बहादुरगञ्ज गाविस र अहिलेको कृष्णनगर नगरपालिका वडा नम्बर ८, ९ का सबै घरधुरीमा चर्पी निर्माण भएसँगै गाउँपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।

जम्मा १ हजार ६ सय ७९ घरधुरीमध्ये १ हजार १ सय ५२ घरधुरीमा पक्की चर्पी, १ सय ३५ घरधुरीमा कच्ची चर्पी, २ सय ८८ घरधुरीमा सगोल (साझा) चर्पी छ भने १ सय १४ घरधुरीमा चर्पी निर्माणधीन अवस्थामा रहेको वडा न. ९ का सचिव अनवर अहमद खानले प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्लामात्र बाँकी रहेको हुनाले आ–अफ्नो घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिशा मुक्त गराउन सहयोग गर्न कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले अनुरोध गर्नुभयो ।

सम्बन्धित् समाचार