गृहपृष्ठ Featured तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न दस्ताबेज तयार हुँदै

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न दस्ताबेज तयार हुँदै

प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि अन्तिम चरणको मनोनयन दस्ताबेज पेस गर्ने तयारी भइरहेको छ ।

यस अघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज  विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्ने प्रक्रिया अनुसार गत सेप्टेम्बरमा युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको थियो ।

दोस्रो चरणको  मनोनयन दस्ताबेजको कामको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल  र परामर्श  भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा.डंकन मार्सलद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्ताबेजको मस्यौदाबारे पनि आवश्यक  छलफल चलिरहेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज तयारीका संयोजक ज्ञानिन राईले रातोपाटीलाई जानकारी दिए । विकास कोषले डा.डंकन मार्सलाई रणनीतिक मनोनयन दस्ताबेजको मस्यौदाको  जिम्मा दिने निर्णय यस अघि नै गरेको थियो ।

तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरूबाट चाहिने आवश्यक काम गरिहरेको राईले बताए ।

राईका अनुसार पहिलो मस्यौदा पछि अव दोस्रो चरणको मस्यौदा मन्त्रीपरिषद्ले पास गरेपछि फान्सको पेरिसमा दर्ता गर्नुपर्ने हुन्छ । यसपछि थप प्रक्रिया अगाडि जान्छ ।

सम्बन्धित् समाचार