बाणगंगा, वैखरी अनलाईन ।
१४ औँ कपिलवस्तु महोत्सवको पाचौ दिन अर्थात सोमबार ४ हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवका संयोजक तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले ४ हजार बढीले मेला अवलोकन गरेको बताउँदै करिब १० लाख बढीको आर्थिक कारोबार भएको जानकारी दिए ।
उनले हरेक दिन दर्शकको उत्साहजनक उपस्थिति देखिएको भन्दै खुशी व्यक्त गरे ।
सोमबार चर्चित गायक खेम सेञ्चुरी, बालचन्द्र बराल, कोपिला न्यौपाने लगायतका कलाकारहरुको प्रस्तुति रहेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताए ।
उनले भोलि मंगलबार चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, चर्चित आधुनिक गायिका रचना रिमाल, लोक गायक अलिफ खान, लोकदोहोरी गायक नारायण विपी परियार लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने जानकारी दिए ।








