रुपन्देही ।
माघ २६ गतेदेखि यस क्षेत्रमा सबैभन्दा धेरै राशीको भलिबल प्रतियोगिता रुपन्देहीमा सुरु हुन लागेको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा ९ औ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८० मा सहभागी हुन विभागीय टीमसहितका सबै प्रदेशका टोली यहाँ आइपुगेका छन् ।
यसै गरी विधागत सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, कप, मेडल तथा उत्कृष्ट स्पाईकर, सेटर, सर्भर, ब्लकर, डिफेन्स, प्रशिक्षक, अनुशासित र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ, कप र प्रमाणपत्रबाट पुरस्कृत गरिने व्यवस्था पनि रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिता आयोजना स्थल तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लबको भलिबल खेल मैदानमा करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट तथा कोर्ट निर्माण गरिएको छ । मैदानलाई आकर्षक रूपमा सजाउनुका साथै सुरक्षाको प्रबन्धका लागि आवश्यक सबै काम भएको क्लबले जनाएको छ ।








