गृहपृष्ठ Featured शल्यक्रियासहितको आँखा शिविर संचालन गर्दै शिवराज नगरपालिका

शल्यक्रियासहितको आँखा शिविर संचालन गर्दै शिवराज नगरपालिका

कपिलवस्तुको शिवराज नगरपालिकाले शल्यक्रियासहितको आँखा शिविर संचालन गर्ने भएको छ ।

नगरपालिकाले छन्द कालेबाबु नारायणी आँखा अस्पताल संगको सहकार्यमा निःशुल्क शल्यक्रिया सहित आँखा शिविर संचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनु भयो ।

नगरपालिकाले सूचना जारी गर्दे शिवराजको विभिन्न स्थानमा चैत्र १४ गतेदेखि २४ गते सम्म शिविर संचालन गरिने सूचनामा उल्लेख गरिएको छ ।

उक्त शिविरबाट शल्यक्रिया गर्नुपर्ने भनि पहिचान भएका मोतियाविन्दुका बिरामीहरुलाई छन्द ‘कालेबाबु’ नारायणी आँखा अस्पताल वहादुरगञ्जमा लिई निःशुल्क शल्यक्रिया गर्ने आँखा अस्पताल बहादुरगंजका प्रशासन प्रमुख जसराज विश्वकर्माले जानकारीदिनु भयो ।

सम्बन्धित् समाचार