रूपन्देही ।
लुम्बिनीका पुरातात्विक क्षेत्रको संरक्षण र सम्पदालाई हानी नपुर्याउने गरी विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्व विभाग र यूनेस्कोको आयोजनामा आइतबारदेखि मंगलबारसम्म कार्यशाला भएको थियो । लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटेलमा भएको कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई हानी नपुर्याउने गरी विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
यूनेस्को जापानिज फन्ड ईन ट्रष्टको सहकार्यमा यूनेस्कोद्वारा सञ्चालित परियोजनाले बृहत्तर लुम्बिनी क्षेत्रमा विगत १४ बर्षदेखि काम गर्दै आइरहेको छ । सोही परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय विज्ञ समिति गठन गरिएको हो । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ ।








