कपिलवस्तुमा लुटपाट भएको भन्दैप्रहरीलाई झुठो सुचना दिने एक जना पक्राउ परेका छन् ।
प्रहरीले कपिलवस्तु नगरपालिका- २ कुदानका २२ बर्षिय रुपेश यादवलाई पक्राउ गरेको हो ।
यादवले साहुको रकम पचाउने उद्देश्यले गोरुसिंगे जंगलमा नगद ५० हजारसहित मोबाईल लुटपाट भएको भन्दै प्रहरीलाई झुठो खबर गरेका प्रहरीले जनाएको छ ।
यादव लु १ च ८५४२ नम्बरको पिक अप बलेरो चालक रहेको प्रहरीले जनाएको छ ।








