गृहपृष्ठ खबर हनामी बीएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाईनलमा

हनामी बीएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाईनलमा

सागर वि.क., वैखरी अनलाईन ।

हनामी बीएफसी चितवन प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

आईतबार कपिलवस्तुको बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको खेलमा ‘ए’ डिभिजन क्लब मछिन्द्रलाई सडन डेथमा ५−४ गोलअन्तरले हराउँदै हनामी बीएफसी सेमिफाईनलमा प्रवेश गरेको हो । पराजित भएसंगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ ।

निर्धारितमा समयमा गोलरहित बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

हनामीका लागि अभिषेक महतो, नेपोल्डन, सुजित बुढाथोकी, आशिष सुमन, भविन्द्र मल्लले गोल गरे भने राम शाही, अनिल खड्का र अमृत श्रेष्ठले भने गोल गर्न असफल भए ।

मछिन्द्रका लागि विशाल तामाङ, चन्द दास, छिरिङ लामा र आशिष श्रेष्ठले गोल गरे भने विमल घर्तीमगर, विजय भुजेल, पासाङ लामा र अजय चौधरीले भने गोल गर्न सकेनन् ।

हनामी बीएफसीका लागी गोल रक्षक भविन्द्र मल्ल नायक बने । भविन्द्र नै म्यान अफ द म्याच घोषित भए । उनले ट्रफ्रीसहित नगद १० हजार प्राप्त गरे । सोमबार नेपाल पुलिस र साहारा क्लव पोखराबीच प्रतिस्पर्धा हुने आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

थ्री स्टार क्लव कपिलवस्तु ११ लाई ३–० गोलअन्तरले हराउँदै शनिबार नै सेमिफाईनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित् समाचार