गृहपृष्ठ Featured सुदूरपश्चिमलाई हराएर हनामी विएफसी फाईनलमा

सुदूरपश्चिमलाई हराएर हनामी विएफसी फाईनलमा

सागर वि.क., वैखरी अनलाईन ।

हनामी विएफसी चितवन शानदार जीतसहित प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । कपिलवस्तुको चारनम्बर जीतपुरअवस्थित बुद्ध रंगशालामा विहिबार सम्पन्न दोस्रो अर्थात अन्तिम सेमिफाइनल खेलमा सुदूरपश्चिम- ११ लाई ३–० ले पराजित गर्दै हनामी फाईनलमा पुगेको हो ।

यो जीतसंगै हनामीले फाईनलमा नेपाल पुलिस क्लवसंगको भेट पक्का गरेको छ ।

खेलको १३औं मिनेटमा विवेक गुरुङ्गले गोल गर्दै हनामीलाई अग्रता दिलाएका थिए । विकास थापाले ३६औं मिनेटमा गोल गर्दै गोलको अग्रतालाई दोब्बर बनाए ।

पहिलो हाफ सकिदाँ २–० ले अग्रता बनाएको हनामीले दोस्रो हाफमा पुनः विकासकै गोलको मद्दतले अग्रतालाई तेब्बर बनाए । विकासले खेलको ६२औं मिनेटमा गोल गरेका हुन् । व्यक्तिगत दुई गोल गरेका विकास ‘म्यान अफ द म्याच’ घोषित भए । उनले ट्रफीसहित १० हजार प्राप्त गरे ।

सुदूरपश्चिम त्रिभुवन आर्मी क्लवलाई टाई ब्रेकरमा हराउँदै सेमिफाईनलमा पुगको थियो । क्वाटरफाईनलमा हनामीले मछिन्द्रलाई सड्न डेथमा हराएको थियो ।

हनामी विएफसीले प्रतियोगिताको उपाधिका लागी फाईनलमा नेपाल पुलिस क्लवसंग शनिबार खेल्ने प्रतियोगिताको आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाईनलमा पुगेको हो ।

क्वाटरफाईनलमा सुदूरपश्चिमले आर्मीलाई टाई ब्रेकरमा हराएको थियो भने हनामीले मछिन्द्रलाई सड्न डेथमा हराएको थियो ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित् समाचार