सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भोलि अन्तिम खेल हुने भएको छ । उपाधिका लागि नेपाल पुलिस क्लव र हनामी विएफसी चिवतनबीच प्रतिस्पर्धा हुनेछ । बिहीवार भएको सेमिफाइनल खेलमा हनामी विएफसले जित हात पारेसँगै फाइनलका लागि पुलिससंगको खेल तय गरेको हो ।

कपिलवस्तुको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा विहिबार भएको अन्तिम सेमिफाईनल खेलमा सुदूरपश्चिम ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै हनामी फाईनलमा पुगेको हो ।

पुलिस भने बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा थ्रीस्टार क्लवलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
गोल्डकप विजेता टोलीलाई ११ लाख ११ हजार १११ र उपविजेता टोलीलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।
तस्बिर सौजन्य : विजय बेल्बासे








