गृहपृष्ठ Featured दिनेश कार्तिकले लिए सन्न्यास

दिनेश कार्तिकले लिए सन्न्यास

काठमाडौं ।

भारतीय क्रिकेटर दिनेश कार्तिकले क्रिकेटबाट सन्न्यास लिएका छन् ।

३९ वर्षीय विकेटकिपर ब्याटर कार्तिकले शनिबार क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

उनले भारतीय टोलीबाट २६ टेस्ट, ९५ एक दिवसीय र ६० टी-२० खेलेका छन् । सन् २००४ मा टेस्टमा डेब्यु गरेका उनले २००६ मा एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए ।

कार्तिकले इन्डियन प्रिमियर लिग आईपीएल रोयल च्यालेन्जर्स बेङ्गलोरबाट खेल्दै आएका थिए ।

सम्बन्धित् समाचार