गृहपृष्ठ Featured रुखले लागेर एक जनाको ज्यान गयो

रुखले लागेर एक जनाको ज्यान गयो

नवलपरासीको (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१२ मा हुरीले ढालेको रुखले लागेर एक जनाको ज्यान गएको छ ।

ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीयवासी ६९ वर्षीय चित्रबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

आज बिहान हुरीले रुख ढालेको र थापालाई लागेको डीएसपी थापाले बताउनुभयाे ।

 

सम्बन्धित् समाचार