लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी)मा एक वर्षको अवधिमा साढे ५ लाख पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ४९ हजार ३९४ पर्यटकले टिकट काटेर फूलबारी दर्शन गरेका हुन् ।
जसमध्ये १० प्रतिशत भारतीय पर्यटकहरू छन् । जसबाट फूलबारीले ३ करोड ७३ लाख ६१ हजार ८७४ रुपैयाँ आम्दानी गरेको उद्यानका महासचिव युवराज घिमिरेले जानकारी दिए ।
फूलबारीले बुटिक पार्कका रूपमा विकास गर्ने योजना अघि सारिएको घिमिरेले बताए ।








