गृहपृष्ठ Featured देशभर एम्बुलेन्समा एकरुपता कायम गर्न निर्देशन

देशभर एम्बुलेन्समा एकरुपता कायम गर्न निर्देशन

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्समा एकरुपता ल्याउन सातै प्रदेश र ७७ वटै जिल्लालाई निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सातै प्रदेशका प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्धारण गरेको मापदण्डअनुसार एम्बुलेन्समा एकरुपता ल्याउन निर्देशन दिएको हो ।

देशैभरका एम्बुलेन्सको रङ, साइरन तथा अन्य संकेतमा एकरुपता ल्याउन निर्देशिकाले निर्देशित गरेको मापदण्डमा एकरुपता नआएको गुनासो आइरहेको भन्दै यस्तो निर्देशन दिएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिबाट एम्बुलेन्स सञ्चालनको अनुमति लिएका एम्बुलेन्सले निर्देशिकाको मापदण्ड पूरा गरेको अवस्थामा मात्रै एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको हो ।

सम्बन्धित् समाचार