गृहपृष्ठ Featured पेरिस ओलम्पिक्समा भोलि नेपालकी धाविका सन्तोषीले प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिक्समा भोलि नेपालकी धाविका सन्तोषीले प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिक्सको अन्तिम दिन भोलि (आइतबार) नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन्। युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन्। उनी गत १५ गते पेरिस गएकी थिइन्।

१० दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन्। त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन्।

सन्तोषीले नेपालको लागि १३ औं दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन् ।

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्।

पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए।

यस बाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए।

सम्बन्धित् समाचार