गृहपृष्ठ Featured अन्तर्राष्ट्रिय फुटबलबाट मानुएल नोएले लिए सन्यास

अन्तर्राष्ट्रिय फुटबलबाट मानुएल नोएले लिए सन्यास

काठमाडौं ।

जर्मनीका गोलकिपर मानुएल नोएले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् ।

सन् २०१४ मा जर्मनीका लागि विश्वकप उपाधि जितेका नोएरले जर्मनीका लागि १२४ खेल खेलेका छन् । जर्मनीबाट उनको अन्तिम खेल गत महिना भएको युरो २०२४ अन्तर्गत स्पेनसँगको क्वाटरफाइनल खेल थियो । उक्त खेलमा पराजित हुँदै जर्मनी युरो २०२४ बाट बाहिरिएको थियो ।

३८ वर्षीय बायर्न म्युनिखका गोलकिपर नोएनले सन् २००९ मा जर्मनीका लागि डेब्यु गरेका थिए । त्यसयता उनले ८ मुख्य प्रतियोगिता खेले ।

सन् २०१८ को विश्वकपअघि नोएर जर्मनीका कप्तान बनेका थिए । यस वर्षको सुरुमा इल्के गुन्डोगानले रिप्लेस गर्नअघिसम्म उनी कप्तानकै भूमिकामा थिए ।

यसै साता गुन्डोगानले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका छन् । यस्तै मिडफिल्डर टोनी क्रुसले पनि घरेलु मैदानमा युरो २०२४ पछि सन्यास लिएका थिए ।

सम्बन्धित् समाचार