गृहपृष्ठ Featured फाइनल प्रवेशका लागि भुटानविरुद्ध मैदानमा उत्रँदै नेपाल

फाइनल प्रवेशका लागि भुटानविरुद्ध मैदानमा उत्रँदै नेपाल

साफ यू- २० च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदै छ । प्रतियोगिताको फाइनलमा पुग्नका लागि आज नेपाल र भुटान मैदानमा उत्रँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुनेछ । आज साँझ साढे ५ बजे खेल सुरु हुनेछ । जसमा समूह एको विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले भुटानको सामना गर्न लागेको हो । भुटान भने समूह बीको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणमा श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

सेमिफाइनलको अर्को खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । फाइनल भने बुधबार हुनेछ ।

सम्बन्धित् समाचार