स्पेनिस ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गए राति भएको खेलमा रियल मड्रिड २-० ले विजयी भयो ।
रियल मड्रिडको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका थिए । उनले खेलको ६७औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै ७५औँ मिनेटमा उनले पेनाल्टीमार्फत अर्को गोल गर्दै रियल बेटिसविरुद्ध २-० को जित सुनिश्चित गरे ।
लिगअन्तर्गत गेटाफे र रियल सोसिडाड बराबरीमा रोकिएका छन् । निर्धारीत समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।
अर्को खेलमा जिरोनाले सेभिल्लालाई २-० ले पराजित गर्यो । जिरोनाको जितमा इभान मार्टिनले ४१औँ मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । एबेल रुइजले ७३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सेभिल्लाविरुद्ध २-० को जित सुनिश्चित गरे ।
त्यस्तै लिगअन्तर्गत नै ओसासुनाले केल्टा भिगोलाई ३-२ ले पराजित गर्यो ।








