गृहपृष्ठ Featured ‘लक्की ड्र’ मार्फत मार्की खेलाडीको टीम छनौट

‘लक्की ड्र’ मार्फत मार्की खेलाडीको टीम छनौट

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि मार्की खेलाडीको टीम छनौट गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार काठमाडौंमा लक्की ड्रमार्फत मार्की खेलाडीको टीम छनौट गरेको हो। जसअनुसार करण केसी काठमाडौं, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन्।

त्यस्तै रोहित पौडेल लुम्बिनी, आसिफ शेख जनकपुर र सोमपाल कामी कर्णालीलागि मार्की खेलाडी बनेका छन्। टीमका मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको क्यानले जनाएको छ।

मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाइजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्नसक्ने क्यानले बताएको छ। यस संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।

सम्बन्धित् समाचार