गृहपृष्ठ Featured हरिहर माविको जग्गा संरक्षणका लागी कपिलवस्तुमा छानविन समिति

हरिहर माविको जग्गा संरक्षणका लागी कपिलवस्तुमा छानविन समिति

वैखरी अनलाइन संवाददाता
हरिहर माविको जग्गा संरक्षणका लागी भन्दै कपिलवस्तुमा छानविन समिति बनेको छ । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा रहेको ऐतिहासिक हरिहर उच्च माध्यमिक विद्यालयको जग्गालाई कपिलवस्तुको बैरियामा रहेको जग्गा साटफेर गर्ने चलखेल चलिरहेको भित्री रहस्य खुलासा भएपछि कपिलवस्तुमा यस्तो समिति गठन भएको हो । हरिहर उच्च माध्यमिक विद्यालयको कम्पाउण्डसँग जोडिएको जग्गालाई कपिलवस्तुमा रहेको ३२ बिघा १८ रोपनी १७ धुर जग्गासँग साटफेर गरेर करोडौँ रुपैयाँ झ्वाम पार्ने चलखेल भईरहेको खुलेपछि छानविन समिति गठन भएको हो ।
समितिले कुनै पनि हालतमा जग्गा साटफेर गरी कमाउने उदेश्य राखेका मानिसलाई सफल हुन नदिने बताउदै १०१ सदस्य समिति गठन भएको छ । यस बिषयमा सत्यतथ्य छानविन गरि बाहिर ल्याउने र कुनै पनि हालतमा जग्गा किनबेच तथा साटफेर गर्न नदिइने समितिका संयोजक युवा समाजसेवि नेत्र बञ्जाडेले बताए । समितिमा राम प्रसाद घिमिरे, मधु शर्मा ९८ जना सदस्यरहेका छन ।

सम्बन्धित् समाचार