गृहपृष्ठ Featured सिद्धार्थ केबलकारको आईपीओ खोल्ने तयारी !

सिद्धार्थ केबलकारको आईपीओ खोल्ने तयारी !

रुपन्देही ।

बुटवल उपमहानगरपालिका- १ मा रहेको सिद्धार्थ केबलकार लिमिटेडको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको छ ।

साधारण सभाले ४ जना सञ्चालक समिति सँगै कम्पनीको चार वर्षे कार्यकालको लागि ई. राजेन्द्रसिंह गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै गरी कम्पनीको सञ्चालक समितिमा ई. रमेशप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

त्यस्तै गरी शेयरधनीबाट कम्पनीको प्रबन्ध सञ्चालकमा कम्पनीका सञ्चालक प्रभुलाल अधिकारी चयन भएका छन् भने सञ्चालकमा माधव प्रसाद नेपाललाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक अधिवक्ता बाबुराम भुसालले बताए ।

नवनिर्वाचित सञ्चालक समिति सदस्यहरूलाई प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोजकुमार खड्काले बधाई दिँदै सफल नेतृत्वको लागि शुभकामना दिएका थिए । साधारण सभाले सार्वजनिक शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल गरेको छ ।

बाँकी ३ सदस्यहरूमा १ जना स्वतन्त्र सञ्चालक र दुई जना सर्वसाधारण शेयरधनीबाट आउने जनाइएको छ । कम्पनीमा २ सय २९ जना शेयर सदस्य रहेका छन् भने कम्पनीले आईपीओ १५ करोड रुपैयाँ बराबरको शेयर खोल्ने तयारी गरेको छ ।

सिद्धार्थ केबलकार देउराली डाँडादेखि पाल्पाको नुवाकोट गढीसम्म करिब २ किलोमिटर दुरीमा सञ्चालित रहेको छ । नुवाकोट गढीलाई आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न र ऐतिहासिक स्थलका रूपमा विकास गर्न लगानी भइरहेको छ ।

सम्बन्धित् समाचार