गृहपृष्ठ Featured रुपन्देहीबाट ११ लाख बराबरको अवैध सामान बरामद

रुपन्देहीबाट ११ लाख बराबरको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान बरामद गरेको छ।

प्रहरी टोलीले ओमसतिया गाउँपालिका-४ स्थित बालापुर चोकबाट भन्सार छली गरी ल्याउँदै गरेको ११ लाख ५१ हजार ८ सय बराबरको अवैध सामान मंगलबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।

बरामद सामानमा ३० सेट मोबाइल फोन, जुत्ता ७० जोर, चकलेट ८ कार्टुन, बुकी पेपर ४ बोरा र ताजा फूल तथा बिरुवा ७० केजी रहेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताइन् ।

सम्बन्धित् समाचार