गृहपृष्ठ Featured गौतम बुद्ध विमानस्थल : अन्तर्राष्ट्रिय उडानले निजी क्षेत्र उत्साहि

गौतम बुद्ध विमानस्थल : अन्तर्राष्ट्रिय उडानले निजी क्षेत्र उत्साहि

लुम्बिनी  ।

रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडानको खबरले यहाँको निजी क्षेत्र उत्साहित बनेको छ । यस विमास्थलबाट केही महिना अन्तर्राष्ट्रिय उडान सञ्चालनपछि बन्द भएका थिए । स्थानीय उद्यमी, व्यवसायीको दबाब र विमानस्थल व्यवस्थापनको पहलपछि यसै महिनाबाट दुई वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान सुरु गर्दै छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन अहिले उडान तयारीको अन्तिम चरणमा छ । आगामी नोभेम्बर ९ र १० तारिखबाट दुबईको फ्लाई दुबई र कुवेतको जजिरा एयरलाइन्सले उडान भर्ने पक्का भएको छ । दुवै एयरलाइन्सले अहिले बुकिङ खुला गरिसकेका छन् ।

यहाँबाट दैनिक उडान तालिका बनाएको फ्लाई दुबईले बुकिङ खुला गरिसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उक्त एयरलाइन्सले नोभेम्बर १० बाट दैनिक उडान गर्नेछ । उक्त कम्पनीका जहाज प्रत्येक दिन दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवामा अवतरण गर्नेछन् । दुई बजेर ४५ मिनेटमा यहाँबाट उडान गर्नेछ ।

भैरहवामा सबैभन्दा पहिले अन्तर्राष्ट्रिय उडान थालेको कुवेतको जजिरा एयरलाइन्सले पनि बुकिङ खुला गरिसकेको छ । नोभम्बर ९ बाट सातामा तीन दिन उडान तालिका बनाएको जजिर एयरलाइन्सको जहाज बिहान ७ बजेटर ४५ मिनेटमा भैरहवामा अवतरण गर्नेछ । मंगलबार, बिहीबार र शनिबार उडान गर्ने जहाज भैरहवाबाट यात्रु लिएर बिहान साढे ८ बजे फर्किनेछ ।

यी दुई बाहेक थाइल्यान्डमा मुख्यालय रहेको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलबाट उडान भर्नेबारे अध्ययन गरिरहेको जनाएको छ ।

सम्बन्धित् समाचार