कपिलवस्तु ।
कपिलवस्तुमा महिलाको हत्या गरी फरार रहेका एक व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् ।
बुद्धभूमि नगरपालिका–१०, महुवाका ३० वर्षीय रामप्रसाद कोरीलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले घरबाट पक्राउ गरी अदालतमा पेस गरी आइतबार कारागार पठाइएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।
०६९ चैत १२ गते राति बुद्धभूमि नगरपालिका– ४, लक्ष्मीपुर बस्ने रामदिन कोरीकी २५ वर्षीया श्रीमती मान्ती कोरीलाई धारिलो हतियार र लाठीले घाँटी र गर्धनमा प्रहार गरेर मारेको अभियोग लागेपछि रामप्रसाद फरार थिए ।
उनलाई जिल्ला अदालतले २०८० जेठ १ मा २० वर्षे कैद सजाय हुने फैसला गरेको थियो ।








