वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- १ दरखास्त बुङ्ची चोकमा एक जनाको शव फेला परेको छ ।
शुक्रबार अन्दाजी ४५ बर्षीय सिता मल्लको शव फेला परेको जनाईएको छ ।
हालसम्म मृत्युको कारण थाहा नभएको र पोस्मार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








