राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही ल्याउने तयारी भएपछि रास्वपाले विरोध प्रदर्शनको तयारी गरेको छ ।
रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही ल्याउने कुरा सुनेको जानकारी गराए । पाठकले भने, ‘सभापतिलाई भोलि ल्याउने तयारी गरेको सुनेको छु । ल्याउने÷नल्याउने जे गरेपनि भोलि हामी विरोध गर्ने तयारीमा छौं ।’








