गुल्मी ।
गुल्मीका आगोलागी पीडितले आफ्नै खर्चमा आवास निर्माण गरेका छन् । तर, ऋण लिएर बनाएको घर तयार भएपनि सरकारले दिने भनेको आवास निर्माण रकम नपाउँदा उनीहरू थप समस्यामा परेका छन् ।
गुल्मीको इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पुग्दा धेरै क्षति भएको थियो।








