गृहपृष्ठ Featured अर्घाखाँचीमा पिक्निकमा जाँदै गरेको बसले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

अर्घाखाँचीमा पिक्निकमा जाँदै गरेको बसले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

अर्घाखाँची ।

बुटवलबाट अर्घाखाँचीको सुपादेउराली मन्दिरमा दर्शन गरी पिकनिकमा जाँदै गरेको लु २ ख १४१५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते बालिका घाइते भएकी छिन् ।

प्रहरीका अनुसार धाराबजारमा पैदल हिँडिरहेका शितगंगा नगरपालिका-४ अमराइ निवासी वर्ष १३ कि बिनिता विकको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने वर्ष १० वर्षकी एलिना विकको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

सम्बन्धित् समाचार