गृहपृष्ठ Featured उखु बोकेको गाडीमा मोटरसाइकल ठोक्किँदा सुनवलमा एक युवकको मृत्यु, एक घाइते

उखु बोकेको गाडीमा मोटरसाइकल ठोक्किँदा सुनवलमा एक युवकको मृत्यु, एक घाइते

नवलपरासी ।

उखु बोकेको गाडीमा ठोक्किँदा आइतबार दिउँसो सुनवलमा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय परासीका अनुसार आइतबार दिउसो सुनवल परासी सडक खण्डमा उखु बोकेको गाडीमा ठोक्किँदा मोटरसाइकल चालक परासीका १८ वर्षका दिप प्रजापतिको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीसँगै मोटरसाइकलमा रहेका सुरज सहानी घाइते छन् । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भैरहेको छ ।

सम्बन्धित् समाचार