गृहपृष्ठ खबर कमब्याक गर्दै बुद्धम युवा क्लव बैजलपुरले जित्यो उपाधि

कमब्याक गर्दै बुद्धम युवा क्लव बैजलपुरले जित्यो उपाधि

सागर वि.क., वैखरी अनलाईन ।

प्रथम फ्रिडम फाउण्डेसन जिल्ला स्तरिय सिक्स ए साईड कप फुटवल प्रतियोगिताको उपाधि बुद्धम युवा क्लव बैजलपुरले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा लभ नेपाल पिपरालाई २–१ गोलले हराउँदै बैजलपुरले उपाधि जितेको हो ।

 

सुरुवाती अग्रता लिएको पिपरामाथि कमब्याक गर्दै बैजलपुरले उपाधि हात पारेको हो । बैजलपुरका लागि रेजीन गाहामगर र आशिश पुनले गोल गरे । बैजलपुरले पहिलो हाफको अन्तिम समयमा एक मिनेटको अन्तरमै २ गोल गरेपछि पिपरा स्तब्ध भएको थियो । मनिस पुनले गोल गर्दै पिपरालाई अग्रता दिलाएका थिए । जुन अग्रता पिपराले जोगाउन सकेन् ।

उपाधि हात पारेसंगै बैजलपुरले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको पिपराले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका अध्यक्ष फ्रिडम फाउण्डेशन कपिलवस्तुका अध्यक्ष हेमन्त थापा, प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं.४ का वडाध्यक्ष छविलाल रेस्मी मगर, वडा नं.१ का वडाध्यक्ष सन्जु सारु मगर, श्रीङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुसिल सिंह ठकुरी लगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित् समाचार