गृहपृष्ठ Featured कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीको तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तर,  कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातको समयमा पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार