बाणगंगा, वैखरी अनलाईन ।
कपिलवस्तुमा प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
विभिन्न मुद्धामा कैद तोकिएका शिवराज नगरपालिका- ३ का डोर बहादुर सुनार र बाणगंगा नगरपालिका- ६ का छविलाल चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु जिल्ला अदालतले शिवराजका सुनारलाई मानव वेचविखन तथा ओसार पोसार मुुद्दामा २ बर्ष कैद सजाय तोकेको थियो भने बाणगंगाका चौधरीलाई कर्तव्य मुद्धामा १ बर्ष कैद सजाय सुनाएको थियो ।








