इङ्लिस प्रिमियर लिगमा वेस्टहामले लिसेस्टर सिटीलाई पराजित गरेको छ ।
गए राति भएको खेलमा वेस्टहाम २-० ले विजयी भएको हो ।
वेस्टहामका लागि टोमस सुसेकले २१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा लिसेस्टरले आत्मघाती गोल गरेको थियो । त्यसपछि कुने गोल हुन नसक्दा वेस्ट हाम २-० ले विजयी भएको हो ।
यससँगै वेस्ट हाम अंकतालिकाको १५औँ स्थानमा छ भने लिसेस्टर सिटी १९औँ स्थानमा छ । अंकतालिकाको शीर्ष स्थानमा लिभरपुल रहँदा आर्सनल दोस्रो, नोटम फरेस्ट तेस्रो, म्यानचेस्टर सिटी चौथो र चेल्सी पाँचौँ स्थानमा छन् ।








