गृहपृष्ठ Featured कपिलवस्तुमा ६४ लाख बढीको अवैध सामान बरामद

कपिलवस्तुमा ६४ लाख बढीको अवैध सामान बरामद

 चन्द्राैटा ।

कपिलवस्तुको नेपाल भारत सीमाबाट राजस्व छलेर ल्याएका सामाग्री बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुको टोलीले एक महिनामा ६४ लाख बढीका अवैध सामग्री पक्राउ परेको हो ।

सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्दा राजस्व छली गरी ल्याएका सामान बरामद गरिएको २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए ।

सीमा क्षेत्रबाट नेपाल भित्राउन ल्याइएका कपडा, घर निर्माणका सामाग्री, इलेक्ट्रोनिक तथा इलेकट्रिकल सामग्री, कस्मेटिक वस्तुहरू, सुर्तीजन्य पदार्थ, मोबाइलका पार्टस, औषधि, कुखुरा, माछा तथा वन पैदावार लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्रीहरूको अनुमानित ६४ लाख ३३ हजार ८ सय ६२ रहेको उपरीक्षक केसीले जनाए । बरामद सामानहरु आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार तथा सम्बन्धित कार्यालयलाई बुझाइएको जनाइएको छ ।

सम्बन्धित् समाचार