गृहपृष्ठ Featured कपिलवस्तुमा आगलागी हुँदा १७ घर जलेर नष्ट, ६७ लाख बढीकाे क्षति

कपिलवस्तुमा आगलागी हुँदा १७ घर जलेर नष्ट, ६७ लाख बढीकाे क्षति

घनश्याम भर 

(विजयनगर) कपिलवस्तु, १५ चैत्र ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ परसाेहियामा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसाे करिब ३ बजेतिर भएको आगलागीले १७ घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

७ नम्बरका वडा अध्यक्ष दिनेश कुमार चाैधरीका अनुसार आगलागीले खाद्यान्न, लत्ताकपडा, गरगहना नगद गरि ६७ लाख बढीकाे क्षति भएको छ । पूर्ण घर क्षति बाहेक ३ ओटा भान्साकाेठा, ३ ओटा गाेठ र भान्सागाेठ गरी २ ओटा भत्केकाे उनलेे बताए ।

केतारे खटिककाे २ ओटा पाडापाडी जलेर घाइते भएको उनलेे बताए । उनले १८ हजार रुपैयाँ नगद जलेकाे जनाएका छन् । ३३ बालबालिकाकाे शैक्षिक सामग्री जलेर नष्ट भएको उनको भनाइ छ । आगलागीबाट २ सय जना २९ जना प्रभावित भएका छन् । जसमा सुत्केरी १० जना, महिला ९५ जना, पुरुष ९१ जना र बालबालिका ३३ जना आगलागीबाट प्रभावित भएका छन् ।

आगलागी भएकाे कारण खुल्न नसकेकाे र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

सम्बन्धित् समाचार