इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा एभर्टनलाई २-० ले पराजित गर्दै म्याचेस्टर सिटीले चौथो स्थान बनाएको हो ।
यससँगै ३३ खेलबाट म्यानचेस्टर सिटीले ५८ अंक बनाएको छ । उता समान खेलबाट ३८ अंक बटुलेको एभर्टन १३औँ स्थानमा छ ।
शीर्ष स्थानमा भने लिभरपुल यथावत छ । त्यस्तै आर्सनल दोस्रो र न्युकासल तेस्रो स्थानमा रहँदा नोटिङ्घम फरेस्ट पाँचौँ स्थानमा छ ।








