इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा चेन्नई ९ विकेटले पराजित भयो ।
सुरुवाति ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । १७७ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको मुम्बईले १५.४ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
जारी सिजनमा ८ खेल खेलेको चेन्नईको यो छैटौँ हार हो । समान खेलमा मुम्बई भने ४ जित निकाल्न सफल भएको छ ।
गए राति नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पन्जाब किङ्सलाई ७ विकेटले पराजित गर्यो ।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।








